
गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको निर्वाचन सम्बन्धि सुचना !!!
गैर आवासीय नेपाली संघ जापान, क्युस्यु क्षेत्रीय कार्यसमिति निर्वाचन कमिटि (रासपाको बिधानको परिच्छेद ८ को ३.१ बमोजिम गठित) संयोजक किरण बर्माको अध्यक्षतामा सदस्यहरु सुपेन्द्र घिसीङ र मोहन सिंह मडैको सहभागितामा बैठक बसी कार्यसमिति बैठकबाट प्राप्त जानकारी सहित निम्न निर्णयहरु गरिएको छ ।
1.अधिबेशन मिति : २०२३/०६/११ तारिख (आइतबार)
2.ठेगाना : 福岡市博多区博多駅東1丁目16-14 リファレンス駅東ビル2 F
3.समय : मध्यान्न १२ बजे देखि
4.आनलाइन निर्वाचन : २०२३/०६/१५ तारिख (सहमति नभएको खण्डमा)
5.निर्बाचन हुने पदहरु, संख्या र उम्मेद्वारी शुल्क

6.गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको बिधान अनुसार कुनै पनि पदमा उम्मेद्वारी दिन र निर्वाचनमा मतदान गर्न राष्ट्रिय समन्वय परिषद जापानले २०२३-२०२५ कार्यकालको लागि २०२३ जनवरी १६ देखि मे २१ सम्म सदस्यता आव्हान गरी संघको मापदण्ड बमोजिम MIS सिस्टमबाट सदस्य बनी राष्ट्रिय समन्वय परिषद जापानबाट प्रमाणित भएका सदस्यहरुले मात्र पाउने छन ।
7.संयोजक पदमा उम्मेदवारी दिनको लागि राष्ट्रिय समन्वय परिषद जापानको संसोधित बिधान २०२३ को परिच्छेद ८ को ५.४ अनुसार “क्षेत्रीय समितिको संयोजक पदमा उम्मेदवार बन्नका लागि रासपको पदाधिकारी वा सदस्यको पदमा रही एक कार्यकाल कार्यसम्पादन गरेको हुनुपर्ने छ वा क्षेत्रको हकमा क्षेत्रीय समितिका पदाधिकारी रही कम्तिमा एक कार्यकाल पुरा गरेको हुनुपर्नेछ ।’’
8.पदाधिकारी पदमा उम्मेदवारी दिनको लागि राष्ट्रिय समन्वय परिषद जापानको संसोधित बिधान २०२३ को परिच्छेद ८ को ५.४ अनुसार “क्षेत्रीय समितिको संयोजक पद बाहेक पदाधिकारी पदमा उम्मेदवार बन्नका लागि क्षेत्रको सदस्य तथा पदाधिकारी पदमा रही एक कार्यकाल कार्यसम्पादन गरेको हुनुपर्ने छ ।’’
9.सदस्य पदमा उम्मेदवारी दिनको लागि राष्ट्रिय समन्वय परिषद जापानको संसोधित बिधान २०२३ को परिच्छेद ८ को ५.४ अनुसार “क्षेत्रीय समितिको सदस्य पदमा उम्मेदवार बन्नका लागि रासपको पंजीकृत सदस्य दुबै योग्य हुने छन ।’’ राष्ट्रिय समन्वय परिषद जापानले २०२३-२०२५ कार्यकालको लागि २०२३ जनवरी १६ देखी मे २१ सम्म सदस्यता आव्हान गरी संघको मापदण्ड बमोजिम MIS सिस्टमबाट सदस्य बनी राष्ट्रिय समन्वय परिषद जापानबाट प्रमाणित भएका सदस्यहरुले पाउने छन । (उम्मेद्वारी दिने बेला सम्म सदस्यता प्रमाणित नभएको खण्डमा निर्वाचन कमिटीलाई सम्पर्क गर्न अनुरोध गरिन्छ।)
10.कुनै पनि पदमा उम्मेदवार दिन योग्यता पुगेका ईच्छुक उम्मेदवारले निर्वाचन कमिटीको होम पेज (https://nrnakyushuelection.com) बाट उम्मेदवार दर्ता फाराम डाउन लोड गरी फारम प्रिन्ट गरी आफ्नै हातले लेखी सहि छाप गरी त्यसको फोटो र तोकिएको दस्तुर निजको खाताबाट एनआरएन क्युस्युको जापान पोस्ट ब्यांक खाता (カイガイザイジュウネパールジンキョウカイニホンシフ17410-96523931)मा रकम जम्मा गरी भौचरको फोटो निर्वाचन कमिटीको ईमेल (submit@nrnakyushuelection.com ) मा पठाउनु पर्नेछ ।
11.कुनै पनि पदमा उम्मेदवार दिन योग्यता पुगेका ईच्छुक उम्मेदवारले उम्मेदवार स्वयम, प्रस्ताबक र समर्थकको एनआरएनए जापानको परिचय पत्र र परिचय खुल्ने डकुमेन्टहरु (रेसिडेन्ट कार्ड वा अन्य डकुमेन्ट) अनिवार्य दाखिला गर्नु पर्ने छ ।
12.निर्वाचन क्रममा उम्मेदवारले निर्वाचन सम्बन्धी गैर कानूनी कार्य गरेमा उमेदवारको प्रस्ताबक र समर्थकले जिम्मेवारी लिनु पर्नेछ र उम्मेदवारको उमेदवारी स्वत खारेज हुनेछ । प्रस्ताबक वा समर्थकले उचित कारण देखाई आफ्नो प्रताबक वा समर्थकले फिर्ता लिएमा उम्मेदवारको उमेदवारी स्वत खारेज हुनेछ ।
13.मतदाताहरुको नामावली गैर आवासीय नेपाली संघ रासपले उपलब्ध गराए पछि निर्बाचन समितिले प्रकाशन गर्नेछ ।
14.कुनै पनि पदको उम्मेदवार दिन योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुले २०२३ जुन १ तारिख 00:00 बजेबाट २०२३ जुन १ तारिख 23:59 बजे सम्म आफ्नो उम्मेद्वारी दर्ता गराउन पर्नेछ । निर्धारित तोकिएको समय भन्दा पछि प्रात भएको कुनै पनि उमेद्वारीको दर्ता मान्य हुने छैन । दर्ता गाराइएको उम्मेदवारहरु नामावली प्रकाशन २०२३ जुन २ तारिख 23:59 बजे गरिनेछ ।
15.मतदाता नामावली र उम्मेदवारको नामावाली माथि दाबी बिरोध भएमा २०२३ जुन ३ तारिख दिउसो ५:०० बजे सम्म उचित कारण र प्रमाण खुलाई लिखित रुपमा दाबि बिरोध पत्र निर्वाचन कमिटीको ईमेल (submit@nrnakyushuelection.com ) मा पठाउनु पर्नेछ।
16.उम्मेदवारी फिर्ताको समय २०२३ जुन ६ तारिख 23:59 बजे सम्मलाई कायम गरिएको छ।
17.कुनै पनि पदमा निर्वाचन समितिले तोकेको मिति र समयभित्र कसैले आफ्नो उम्मेदवारी फिर्ता लिएमा त्यो व्यक्तिको उम्मेदवारी शुल्क फिर्ता गरिनेछ। तर, निर्वाचन समितिले तोकेको समय भित्र उम्मेदवारी फिर्ता नलिएमा दाखिला गरिएको रकम फिर्ता हुने छैन । साथै, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रीय अधिबेशन सम्बन्धि नियमावली मापदण्ड बिरुद्ध परेका उम्मेद्वारहरुको शुल्क पनि फिर्ता हुने छैन ।
18.उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन निर्वाचन समितिले २०२३ जुन ८ तारिख भित्र गरिनेछ।
19.कुनै पनि पदमा तोकिए भन्दा बढी उम्मेदवारी नपरेमा सो पदमा मतदान नगरी निर्बिरोध निर्वाचित भएको घोषणा गरिनेछ र एक भन्दा बढी उम्मेदवारी परेको पदमा निर्वाचन गरिने छ।
20.निर्वाचन सम्बन्धी विधि वा अन्य थप प्रक्रिया एवं जानकारी बारे निर्वाचन समितिले पछि सूचना जारी गर्नेछ ।
अधिवेशन तथा निर्वाचनलाई निष्पक्ष तथा उत्साहजनक वातावरणमा सु-सम्पन्न गर्न निर्वाचन समिति प्रतिबद्दता व्यक्त गर्दछ। साथै, यसका लागि निर्वाचन समितिलाई सहयोग गर्नु सम्पूर्ण महानुभाब हरुलाई हार्दिक अनुरोध गर्दछौ ।
निर्वाचन आचार संहिता
- कुनै पनि पदको उमेदवारी दर्ता गर्नको लागि प्रस्तावक १ जना समर्थक १ जना अनिवार्य हुनु पर्नेछ ।
- उमेदवार स्वयम, प्रस्तावक र समर्थकले काम कार्यरत कम्पनी वा संस्थाको नाम उल्लेख गर्नु पर्नेछ ।
- निर्वाचनको क्रममा कुनै अप्रिय घटना घटाउन उमेदवार स्वयमको संलग्नता भएमा वा घटना घटाउन प्रोत्साहन भएको पाईएमा उम्मेदवार आफैले जिम्मेवारी लिई जापानको कानून अनुसार सजाय भोग्नु पर्नेछ ।
- निर्वाचन क्रममा कसैलाई पनि आछेप लगाउने कार्य गर्न पाउने छैन ।
- उम्मेदवारको इच्छा विपरीत कसैले प्रलोपन, धम्की लगायत अन्य गतिविधि गरी उम्मेदवारी आएको पाईएमा निर्वाचन कमिटीले कानून बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउनेछ ।
- प्रस्ताबक वा समर्थकले उचित कारण देखाई आफ्नो प्रताबक वा समर्थकले फिर्ता लिएमा उम्मेदवारको उमेदवारी स्वत खारेज हुनेछ ।
- उम्मेदवारले उमेदवारी दर्ता गराए पश्चाद निर्वाचन कमिटीले सम्पर्क गर्दा सम्पर्कमा नआएमा सार्वजनिक सूचना निकालिने छ र त्यति गर्दा पनि सम्पर्कमा नआउने उमेदवारको उमेदवारी खारेज हुनेछ ।
- निर्वाचन कमिटीले रसपाको बिधान तथा उपनियममा रही गरिने निर्णय नै अन्तिम निर्णय हुनेछ ।
- उम्मेदवारले विगतका दिनमा सामाजिक कार्य गर्दा गलत क्रियाकलापहरु आर्थिक हिनामीना, सामाज भड़कने क्रियाकलाप गरेको पाइएमा उम्मेदवारी स्वत खारेज हुनेछ ।
- गैरे आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद जापान क्षेत्रीय अधिबेशन सम्बन्धि नियमावली मापदण्ड बिरुद्ध परेका उम्मेद्वारहरुको शुल्क पनि फिर्ता हुने छैन ।
- उमेदवारले आचार संहिता बिपरित कुनै क्रियाकलाप गरेमा उम्मेदवारी शुल्क फिर्ता नहुने र उम्मेदवारी स्वत रद्द हुनेछ ।
- सम्पूर्ण उम्मेदवारहरु अधिबेशनको दिन अनिवार्य उपस्थित हुनु पर्ने छ । जापान बाहिर भएको खण्डमा उचित कारण सहित निर्वाचन कमिटीलाई पत्र पठाउनु पर्नेछ।
- निर्वाचन कमिटीले तोकेको सम्पूर्ण नियमहरु पूर्ण रुपमा पालना नगरेमा निर्वाचन कमिटीको निर्णय नै अन्तिम निर्णय हुनेछ ।